नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित
काठमाडौँ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए ।
सरकारले केही दिन पहिले ल्याएको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक समेटिएको नक्सा सार्वजनिक गर्ने घोषणा गरेको थियो । भारतले लिपुलेक हुँदै मानसरोबर जाने बाटो निर्माण गरेपछि भूमि अतिक्रमणको विषय चर्किरहेकै बेला सरकारले यस्तो निर्णय गरेको हो ।
भारतले लिपुलेक–कालापानी क्षेत्रमा एकलौटी सडक निर्माण गरेपछि देशभर भारतको विरोध भइरहेको छ भने भारतले सडक खनेको केही किलोमिटर वर सशस्त्र प्रहरीको बोर्डर पोष्ट राखिएको छ ।