What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
जेठ २० गतेसम्म लम्बियो लकडाउन
काठमाडौं । कोरोना रोकथामका लागि जारी लकडाउनलाई सरकारले जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय सन्वयन समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको हो ।
आइतवार मात्रै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २० सम्म लकडाउन बढाउन सिफारिस गरेको थियो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकाथामको उपयुक्त विल्कप लकडाउन नै भएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको थियो । नेपालमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ भने अहिलेसम्म दुई सय ९६ जना संक्रमित भएका छन् ।






