नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

अस्पतालबाट भाग्नेलाई गोली हान्ने पर्सा प्रशासनकाे निर्णय फिर्ता
बीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालमा रहेका कोरोना संक्रमित भागेमा गोलीसमेत हान्न सक्ने भनी गरेको निर्णय फिर्ता लिएको छ ।
शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार गरेको निर्णय फिर्ता लिँदै अब आइन्दा अस्पतालको आइसोलेसनबाट कोही भागेमा बल प्रयोग गर्न सकिने भनेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा बिहीबारको निर्णयले आमसमुदायमा अस्पष्टता उत्पन्न गरेको देखिएकाेले शुक्रबार बैठक बसेर निर्णय संशोधन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा अबदेखि अस्पतालमा भर्ना भएका संक्रमितलाई भाग्न नदिन उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम बल प्रयोग गरी नियन्त्रणमा लिने भनिएको छ ।
३१ वैशाखमा अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका थिए । उनीहरुलाइ प्रहरीले साेही राती नियन्त्रणा लिएकाे थियाे ।