हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लकडाउनमा थप कडाइ, भित्री सडक, गल्लीमा निस्किनेलाई पनि पक्राउ गरिने
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या थपिन थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउनमा थप कडाइ गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने भएको हो ।
शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको हो । प्रशासनले यसअघि जारी भएका सबै पास पनि खारेज भएको जनाएको छ । अब जारी हुने पास नीलो रङको हुने बताइएको छ ।
प्रशासनले अत्यावश्यक सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने निर्णय समेत गरेको छ । एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकेका गाडीलाई भने बिना पास नै आवागमन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।