लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने सरकारकाे घाेषणा

काठमाडौँ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी भएको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने बताउनुभयो ।

सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उहाँले बताउनुभयो । सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

गत कार्तिकमा भारत सरकारले नेपाली भूमी समेत आफ्नोपट्टी पारेर नयाँ नक्सा जारी गरेपछि कालापानी लिपुलेकको मुद्धा चर्चामा छ । फेरि भारतले एकलौटी रुपमा तिब्बतको मानसरोबर जान नेपालीभूमी हुँदै बाटो निर्माण गरेपछि त्यसको चर्को बिरोध भइरहेको छ । सडक सदन सबैतिर कालापानी लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्न माग उठिरहेका बेला सरकाले नीति कार्यक्रम मै नयाँ नक्सा जारी गर्ने घोषणा गरेको हो ।

सरकारले नीति तथा कार्यक्रमै यस्तो घोषणाा गर्दा भारतीय सेना प्रमूख मनोज नर्भानेले नेपालको अरुको इसारामा लिपुलेकको मुद्धा उचालेको आरोप लगाएका छन् । उनले लिपुलेकमा मानसरोबर जाने तिर्थयात्रीका लागि बाटो खनिएको दाबी गर्दै त्यसमा नेपाली भूमीको सवाल नै नउठ्ने दाबी गरेका छन् । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *