जेठ ५ पछि पनि लकडाउन लम्बिने, कस्तो हुन्छ मोडालिटी ?

काठमाडौँ । कोरोना भाइरस रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिले बिधि बदलेर लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले ५ जेठ पछाडि पनि लकडाउन कायमै राख्न सिफारिस गरिएको समितिका प्रवक्ता एवम् प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो । उहाँका अनुसार, जोखिमको संभावनालाई तीन चरणमा विभाजित गरी बन्दाबन्दीबारे निर्णय लिन सिफारिस गरिएको छ ।

अति जोखिम, मध्य जोखिम र कम जोखिम रहेको क्षेत्र पहिचान गरी बन्दाबन्दीबारे निर्णय लिन समितिले सिफारिस गरेको छ । गएको ११ चैत देखि जारी बन्दाबन्दी ५ जेठमा सकिदैछ । तर, केही दिन यता लगातार संक्रमण भेटिन थालेपछि बन्दाबन्दी थप गर्नेमा समिति सहमत भएका छन् ।

यस्तै, समितिले हङकङ र जापानमा रहँदै आएका तर, हाल नेपालमा रहेकाहरुलाई पठाउने व्यवस्था समेत गर्ने भएको छ । कोरोना परीक्षण गरी उनीहरुलाई पठाइने भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *