बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नुवाकाेटमा भेटिए काेराेनाकाे लक्षण देखिएका बिरामी
जमुना गजुरेल
विदुर । विदुर नगरपालिकाको एक जनामा कोरोना भाइरसको लक्षण देखिएको छ । एक महिना अघि भारतको दार्जलिङ्गबाट विदुर फर्किनुभएको उहाँमा आज कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण फेला परेपछि त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार आज दिउँसो ज्वरो आएर त्रिशुली अस्पताल पुग्नुभएको उहाँमा संक्रमणको लक्षण बढि मिल्दोजुल्दो भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको हो । उहाँको स्वाव संकलन गरेर थप परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
यस अघि पनि नुवाकोटमा दुई जनालाई त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उहाँहरुको स्वाव परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो । त्यस्तै नुवाकोटकै एक जनालाई काठमाडौंमा आइसोलेसनमा राखिएकोमा उहाँमा पनि कोरोना भाइरसको संक्रमण फेला नपरेपछि घर फर्किसक्नु भएको छ ।
आज कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएको उहाँको स्वाव परीक्षणको प्रतिवेदन पर्सीसम्ममा आउने छ । यसै बीच नेपाल सरकारले आजै जेठ ५ गतेसम्मलाई लकडाउन लम्ब्याएको छ । मुलुकको विभिन्न स्थानमा नयाँ संक्रमितहरु भेटिएकोले मन्त्रिपरिषद्ले लकडाउन थप्ने निर्णय गरेको हो ।