२५ गतेपछि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

काठमाडौं । सरकारले वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘‘दीर्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भए अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।” बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्ने भन्दै उहाँले अब सहजीकरण गर्दै जाने तयारी रहेको बताउनुभयाे । कृषि, उद्योगधन्दाहरु र अरु विभिन्न विषयमा अतिरिक्त महत्त्वपूर्ण कुराहरुका विषयमा विचार पुर्‍याउने पनि उहाँले बताउनुभयाे ।

सरकारले गत चैत ११ देखि देशैभर जारी गरेको लकडाउन पटक-पटक गरी वैशाख २५ गतेसम्मका लागि पुर्‍याएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *