आजको राशिफल हेर्नुस्, र आज अक्षय तृतीया धनकी देबीकाे दर्शन गर्नुहोस्

वि.सं २०७७ साल बैशाख १४ गते आइतबार

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । खानापिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनको योगपनि रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नतापनि छाउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोवारमा बिवादपनि आउला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्यपनि अघि बढ्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *