नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित
काठमाडौँ । सरकारले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाउने निर्णय गरेको थियो । त्यसबाहेक कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको सचिव नारायण विडारीले जानकारी दिनुभयोे ।
बैठकले अहिलेसम्म नियन्त्रणमा सफल नै रहेको निष्कर्ष निकालेको छ । त्यस्तै बैठकमा ३३ दिनसम्मको लकडाउनको समिक्षा पनि भएको छ । सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिनुभयो । बैठकले अहिलेसम्म अत्यावश्यक बस्तुको आपूर्ति सहज रुपमा भइरहेको ठहर पनि गरेको उहाले बताउनुभयो ।
त्यस्तै कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि भएका प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय पनि गरेको छ । ०००