किन माग्याे स्वास्थ्य मन्त्रालयले डा. सेरबहादुर पुनसँग स्पष्टिकरण ?

काठमाडौैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सम्बन्धमा मर्यादा विपरित काम गरेको भन्दै डा.शेर बहादुर पुनसँग लिखित स्पष्टिकरण मागेको छ । कोरोना भाइरसबारे सञ्चारमाध्यममार्फत निरन्तर जानकारी गराइरहेका टेकु अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक समेत रहेका पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै शुक्रबार पत्र पठाएको हो ।

मन्त्रालयले डा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नम्बर लिक गरेको भन्दै मर्यादा विपरीत गतिविधि गरेका कारण जवाफ मागेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले डा. पुनलाई मन्त्रालय बोलाइएको बताउनुभयो ।

टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पनि ‘पत्र प्रशासनमा आइपुगेको पुष्टि गर्नुभयो । पत्रमा उल्लेखित ब्यहोराका बारेमा भने जानकारी गराउनुभएन ।

सरुवा रोगमा जापानबाट पिएचडी गरेका पुनले सरुवा रोगका विषयमा जानकारी प्रवाह गर्दै आउनुभएको छ । आफूले कोरोनाभाइरसबारे सत्यतथ्य कुराहरु प्रकाशमा ल्याएर जनचेतना फैलाएको’ डा पुनको दाबी छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *