सर्लाहीमा १४ वर्षीय बालकमा आरडीटी टेस्ट पोजेटिभ, स्वाब काठमाडौं पठाइयो

सर्लाही । –यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ ।

गत चैत २३ गते भारतको दिल्लीबाट आएका १४ वर्षीय बालकको शुक्रवार बेलुका आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै धनकौल क्वारेन्टाईनमा राखिएका बालकलाई प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा पु¥याएर भर्ना गरिएको छ । दिल्लीको एक झोला कारखानामा काम गर्ने बालकलाई रौतहटको गौर हुँदै घर आएको सूचना पाउने बित्तिकै प्रहरीले क्वारेन्टाइनमा लगेर राखेका थिए ।

बालकसँगै क्वारेन्टाईनमा राखिएका अर्का एक पुरुषलाई पनि जनकपुर पठाइएको छ । आरडीटी परीक्षणमा ती पुरुषको भने नेगेटिभ रिपोर्ट आएको थियो । स्रोतका अनुसार आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको बालकको स्वाब परीक्षणका लागि जनकपुरबाट शनिबार काठमाडौं पठाइएको छ । स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन केही समय लाग्ने चिकित्सकले बताएका छन् ।

सर्लाहीमा हालसम्म क्वारेन्टाईनमा बसेका ६८ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमा धनकौलका एक बालक बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । आज मात्रै चक्रघट्टा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

शनिबारसम्म जिल्लाको चन्द्रनगर, हरिपुर, लालबन्दी, कौडेना, धनकौल र चक्रघट्टाको क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *