नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

लकडाउनकाे अवधि १२ दिन थप्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो । तर पछिल्लो केही दिन यता नेपालमा संक्रमितकोसङ्ख्या बढेपछि सरकारले लकडाउन थपेको हो । पहिले एक साताकालागि भनेर लकडाउन गरिएपनि संक्रमणको जोखिम बढेकाले अवधि थपिएको बताइएको छ ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । आज मात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ ।