काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2020/04/Pradesh-No-1.jpg)
धैर्य र संयमित भई ‘लकडाउन’को पालन गर्न आग्रह
बिराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुुभएको छ । उहाँले आज जारी गर्नुभएको भिडियो सन्देश अपिलमा देश र जनताको जीवनरक्षाका लागि मुुलुुक लकडाउनको अवस्थामा रहेकाले यस्तो बेलामा सबै नागरिकले संयमता अपनाउनुुपर्नेमा जोड दिनुुभयो ।
कोरोना कोभिड–१९ को विरुद्धको यो लडाइँमा उच्च सतर्कता, सावधानी र जनचेतनाले मात्र जित्न सकिने भएकाले उच्च मनोबलका साथ नियमको पालना गर्न सबैलाई उहाँले आग्रह गर्नुुभयो । मुुख्यमन्त्री राईले सबै नागरिकलाई बचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको बताउनुुभयो । कुुनै पनि समस्या भए प्रदेश सरकारलाई जानकारी दिन आग्रह गर्दै सही सूचनामात्र लिन सबैमा उहाँले आग्रह गर्नुुभयो ।