स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ

दुल्लू । नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य सस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ ।

उनीहरुले विरामीलाई किन उपचार नगरेको भन्दै चिकित्सकमाथि धम्की दिएको बताइएको छ । नौमुले गाउँपालिकाको आफ्नै घरमा लुकेरे बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको दैलेख जिल्लाका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

कोरोनो भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिम हुन नदिन सो स्वास्थ्य सस्थाको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । ती युवाले आफूहरुलाई अभद्र व्यवहार गरी स्वास्थ्य सस्था छाड्न धम्की दिएको चिकित्सक सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *