सुदूरपश्चिममा भेटिए थप ३ जना कोरोना संक्रमित [ अपडेट ]

काठमाडौं । सुदूरपश्चिममा थप ३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् ।

कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डेले फेयर नेपाललाई बताउनुभयो ।

तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो ।

गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *