काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
एनसेलको सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफरसँगै स्टे हामे प्याकेज
काठमाडौं । दूर सञ्चार प्राधिकरणकाे निर्देशनपछि टेलिफाेन सेवा प्रदायक कम्पनीहरूले विभिन्न सर्तसहित ग्राहकका लागि नयाँ बाेनस तथा विशेष प्याकेजकाे सुबिधा ल्याएका छन् । एनसेलले सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ ।
ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको एनसेलले जनाएको छ ।
प्रिपेड ग्राहकले रु.१० देखि रु.५०० सम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् । एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।
त्यस्तै एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी मात्र रु २ सेवा शुल्कमा सापटी लिन सक्नेछन् ।
त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । जस्तै यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्त गर्नेछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्त गर्नेछन् । बोनस रकम सोहि दिनको मध्य राती सम्म मान्य हुनेछ ।
एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको छ । ग्राहकले कर बाहेक मात्र रु २३० ९कर सहित २९३।६९० मा यो प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा ९टुजी, थ्रिजी र फोरजी० मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ । यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गनपर्ने हुन्छ ।
ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी स्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याक अन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुल्क लाग्नेछ । एनसेलको यो योजना अन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहने जनाएको छ ।
यस्तै नेपाल टेलिकमले बिहीबारबाट लागूहुने गरी रिचार्जमा सतप्रतिशत बाेनस सुबिधा ल्याएकाे छ ।