कोभिड १९ काे भयावह : मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, चार लाख ६७ हजार संक्रमित [ अपडेट ]

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यो सँगै विश्वभरि कोरोनाका कारण मृत्यु हुनेको संख्या संख्या २१ हजार एक सय ७८ पुगेको छ । इटलीमा सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ । विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ ।

अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा संक्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् । सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन् ।

चीनपछि इटलीमा सबैभन्दा धेरै ७४ हजार तीन सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ९ हजार तीन सय ६२ जना उपचारपछि स्वस्थ भएका छन् भने ५७ हजार पाँच सय २१ जनाको उपचार भइरहेको छ ।

अमेरिकामा ६५ हजार ६ सय ५२ जनामा संक्रमण भएको पुष्टि भएको छ भने ९ सय ३१ जनाको मृत्यु भइसकेको छ । तीन सय ९४ जना मात्रै निको भएका छन् । अमेरिकामा ६४ हजार तीन सय २७ जनाको उपचार भइरहेको छ ।

स्पेनमा मात्रै ४९ हजार पाँच सय १५ जनामा संक्रमण पुष्टि भएकोमा ६ सय ५६ जनाको मृत्यु भएको छ पाँच हजार तीन सय ६७ जना निको भएका छन् । ४० हजार पाँच सय एक जना उपचाररत छन् ।

स्पेनपछि जर्मनीमा ३७ हजार तीन सय ३२ जनामा संक्रमण पुष्टि भएकोमा दुई सय ६ जनाको मृत्यु भएको छ । तीन हजार पाँच सय ४७ जना निको भएका छन् । अहिले ३३ हजार पाँच सय ७० जना उपचार गराइरहेका छन् ।

यस्तै इरानमा २७ हजार १७ जनामा संक्रमण भएकोमा दुई हजार ७७ जनाको ज्यान गएको छ भने ९ हजार ६ सय २५ जना स्वस्थ भएका छन् । १५ हजार तीन सय १५ जनाको उपचार चलिरहेको छ ।

फ्रान्समा २५ हजार दुई सय ३३ जनामा संक्रमित भएकोमा एक हजार तीन सय ३१ जनाको मृत्यु भएको छ ।
तीन हजार ९ सय जना निको भएका छन् भने २० हजार दुई जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *