लकडाउनमा विराटनगर सुनसान

बिराटगर । लकडाउनको दोस्रो दिन विराटनगरको अवस्था पनि समान्य रहेको पाइएको छ । बजारमा मानिसको चहलपहल छैन, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन । सडकमा प्रहरीको तैनाथी छ । दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेको पाइयो ।

बजार सुनसान छ भने अति आवश्यक औषधि पसल भने खुला छन् । विराटनगरको गुद्रीमा सामान्य अवस्थामा देखिने भीड लकडाउनपछि सुनसान छ । विराटनगरका ठूला डिपार्टमेन्ट स्टोर, भाटभटेनी, आरके सेन्टर र सिटीमलदेखि स–साना पसल पनि बन्द छन् । मानिसले कोरोना नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन तीव्र रुपमा नियम पालना गरिरहेको पाइएको छ ।

सवारी साधन प्रहरी नियन्त्रणमा

लकडाउन उल्लङ्घन गर्ने १४३ थान सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले आज बिहान पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १३९ थान मोटरसाइकल र चार थान चार चक्के सवारी साधन रहेका सञ्चार शाखाले जनाएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका बाहेक अन्य कुनै पनि सवारी साधन चल्न नदिने प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । अतिआवश्यक काम तथा पसल खोल्नु परेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा खुलाउने र लकडाउनलाई कडाइका साथ पालना गराउनेतर्फ सबैको ध्यान जानुपर्ने उपरीक्षक अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *