बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सेनाद्वारा बाह्य आगन्तुकको प्रवेश निषेध
काठमाडाैँ । नेपाली सेनाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका आगन्तुकको प्रवेशमा निषेध गरेको छ ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलगायत नेपाली सेनाको अन्य विविध गतिविधि प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने निर्देशनालयले जनाएको छ । साथै अन्य जानकारी तथा विवरणहरुका लागि निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न हुन सञ्चारकर्मीलगायत सबैमा अनुरोध गरिएको छ ।