बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रदेश १ : संक्रमण रोक्न १० करोडको कोष
बिराटनगर । प्रदेश नं १ सरकारले कोभिड–१९ को सम्भावित संक्रमण नियन्त्रण तथा रोकथामका लागि रु १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट रु १० करोड रकमजम्मा गरेको छ ।
उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सूचना कक्ष स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना ‘फोकल पर्सन’ तोक्ने र उनीहरुले प्रत्येक दिन कोरोनासम्बन्धी सूचना उपलब्ध गराउने जनाइएको छ ।