क्यान्सरपीडित बलिउड नायक इरफानले भने, ‘सायद केही दिनमा म मर्दैछु’

काठमाडाैँ । बलीउड अभिनेता इरफान खान अहिले समय क्यान्सरसँग जुझिरहेका छन् ।  त्यसको उपचारका लागि उनी अहिले लन्डनमा छन् । इरफानलाई न्यूरोएन्डोक्राइन ट्यूमर भएको छ, जुन एकदमै दुर्लभ प्रकारको क्यान्सर हाे । केही महिना पहिले उनले सामाजिक सञ्जाल मार्फत अाफूलार्इ क्यान्सर भएकाे खुलासा गरेका थिए ।

हालै एसोसिएटेड प्रेससँग दिएकाे एक अन्तरवार्तामा उनले अाफ्नाे पछिल्लाे बिमारी अवस्थाकाे बारेमा बताएका छन्। जुन  कुराले उनमा फ्यान तथा बलिउड फिल्म इन्डस्ट्रीवालार्इ स्तब्ध बनाएकाे छ ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘आफूलाई जुन प्रकारको क्यान्सर भएको छ, त्यसका लागि कीमोथेरापीको ६ सेशन हुने र त्यसमध्ये ४ वटा सेशन पूरा भएको छ । चौथौ किमोपछि गरिएको स्क्यानमा राम्रो संकेत मिलिरहेको छ । मेरो टेस्ट पोजिटिभ देखिएको छ । अब कीमोको २ सेशन बाँकी रहेको छ र त्यसपछि फेरी एकपटक क्यान्सरको स्क्यान गर्नुपर्ने हुन्छ । डाक्टरहरुले अब म खतरामुक्त रहेको बताएका छन् ।’

उनले थपे, ‘दुनियाँमा कुनै पनि मानिसको जिन्दगीको कुनै पनि ग्यारेन्टी छैन । हालका दिनहरुमा कयौँ पटक यस्तो लाग्छ कि, म आफ्नो घाँटीमा एउटा बोर्ड टाँगु र त्यसका लेखुँ, ‘मलाई बिमारी रहेको छ र केही दिनमा नै म मर्दैछुँ’ । मेरो दिमागमा सधैँ नै म अब केही दिन, महिना वा बर्षमा मर्नेवाला छुँ भन्ने कुरा घुमिरहने गर्दछ ।’

तर भन्छन् कि, सास रहुञ्जेल आशा हुन्छ । त्यसैले उपचार प्रक्रियामा जान तयार भएँ । डाक्टरहरुले मेरो उपचारमा कुनै कसर बाँकी राखेनन् । यसैको नतिजा हो कि मेरो अवस्थामा सुधार आएको छ । तर, मलाई अझै पनि लाग्छ कि मेरो आयू लामो छैन,’ इरफानले भने ।

इरफान आफ्नो हौसला बाँधदै भन्छन्, ‘कहिलेकाहीँ सोच्छुँ कि, यि सबै कुराहरुलाई भुलेर फेरी आफ्नो जिन्दगी सुरु गरु । जिन्दगीले मलाई एकपटक फेरी बाँच्ने मौका दिइरहेको छ । तरपनि मलाई यस्तो लागिरहेको छ कि, मेरो चारैतिर अध्याँरो रहेको छ र मैले देख्न सकिरहेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ।’

जब उनको बिमारीका बारेमा थाहा भयो तबदेखि उनका फ्यानहरु र कयौँ बलीउड कलाकारहरु उनको स्वास्थ्यका लागि प्रार्थना पनि गरिरहेको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *