रामचन्द्र चन्दको नयाँ गीत ‘मुटु गाँठो’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ । चर्चित लोक तथा दोहारी गायक रामचन्द्र चन्दको नयाँ गीत मुटु गाँठो सार्वजनिक भएको छ । आइतबार शैली क्रियसनको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

विष्णु खत्रीले शब्द सिर्जना गरेको गीतमा चन्दको एकल स्वर रहेको छ । संगीत पनि गायक चन्दले नै भरेका छन् । बिछोडिएको प्रेम सम्बधको प्रशंगमा तयार पारिएको गीतले पछिल्लो समयको समाजको वास्तविक चित्रण गरेको छ ।

वालशखा प्रेमिकाले धोका दिएर अन्तै सम्बन्ध जोडेपछि बिक्षिप्त बनेका प्रेमीको मनोभावलाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा प्रयोग भएका मार्मिक शब्द र भिडियोमा देखाइएको परिबेशले गीतलाई अझ जीवन्त बनाएको छ । धोका दिएर गएकी प्रेमीकालाई भेट्ने मन नहुँदा पनि एउटै बाटो पर्दा घरीघरी भेट हुँदा बिछोडको घाउ बल्झिने गरेको पीडालाई गायक कलाकारले सुमधुर शैलीमा प्रस्तुत गरेका छन् ।

गुरुआमा फिल्मसले तयार पारेको म्युजिक भिडियोमा नवोदित गुल्मेली मोडल अनन्त भण्डारी, गान्दिभ सुवेदी र एलिना रायमाझीले अभिनय गरेका छन् । स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेको म्युजिक भिडियोको छायाङ्कन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *