नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पाेखरामा भू्कम्पकाे जाेडदार धक्का
कास्की । कास्कीको पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो ।
कास्कीसहित त्यसआसपासका जिल्ला तनहु, स्याङ्जा, पाल्पा, लमजुङ लगायतका जिल्लामा भूकम्पको ठूलै धक्का महसुस गरिएको छ ।
यो नयाँ भूकम्प नभई वि.सं २०७२ साल बैशाख १२ गते गएको बिनासकारी गोरखा भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रका एक अधिकारीले फेयर नेपाललाई बताए । गोरखा भूकम्पको पराकम्प आउन अझै रोकिएको छैन । ३ रेक्टर भन्दा बढीको ५ सय भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ ।