छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल

What To Know

  • गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउनुहुन्छ । “सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्÷पढिरहेका छन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागि परेको छ ।” गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक रु ८५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिनुभयो । “महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन ।”.
  • गाउँपालिकामा दुई गुरुकुल, १० मदरसा, दुई सामुदायिक सिकाइ केन्द्रसमेत सञ्चालित रहेको प्रमुख बस्नेतले बताउनुभयो । ती मदरसा र गुरुकूलमा गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ । शिक्षालाई प्रविधियुक्त बनाउन गाउँपालिकाले यहाँका सबै माविलाई २०÷२० थान कम्प्युटर र शिक्षकको व्यवस्था गरेको छ । गाउँपालिकाको निजी स्रोतमा १४ कम्प्युटर शिक्षकले पढाउँदै आएका छन् ।.

सन्तोष शर्मा
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भन्नुभयो, “महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।”

गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउनुहुन्छ । “सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्÷पढिरहेका छन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागि परेको छ ।” गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक रु ८५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिनुभयो । “महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन ।”

त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भइरहेको हो ।

कचलकवलमा सामुदायिकतर्फ सात मावि, सात आधारभूत र १३ प्राविमा सात हजार ३९० विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिनुभयो । त्यस्तै, १३ निजी विद्यालयमा तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

गाउँपालिकामा दुई गुरुकुल, १० मदरसा, दुई सामुदायिक सिकाइ केन्द्रसमेत सञ्चालित रहेको प्रमुख बस्नेतले बताउनुभयो । ती मदरसा र गुरुकूलमा गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्दै आएको छ । शिक्षालाई प्रविधियुक्त बनाउन गाउँपालिकाले यहाँका सबै माविलाई २०÷२० थान कम्प्युटर र शिक्षकको व्यवस्था गरेको छ । गाउँपालिकाको निजी स्रोतमा १४ कम्प्युटर शिक्षकले पढाउँदै आएका छन् ।

यस्तै, विद्यार्थीलाई कृषिमा आकर्षित गर्न ‘विद्यार्थी कृषि सहकारी कार्यक्रम’ गाउँपालिकाले अघि सारेको छ । कचनकवलले चालु आर्थिक वर्षमा रु एक करोड दुई लाख बजेट विनियोजन गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *