नम्बरी सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको नम्बरी (छापावाला) सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेर ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले घटेर ८१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ८२ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य आठ सय ८० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *