बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध
काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा सोधपुछ र स्वास्थय जाँच हुने छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधन मार्फत सो प्रतिबन्धको घोषणा गर्दै सबै खाले युरोप यात्र माथि ३० दिनका लागि प्रतिबन्ध लगाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘कठोर’ तर आवश्यक प्रतिबन्ध हो तर यो बेलायतका लागि भने होइन । बेलायतमा पनि अहिलेसम्म ४६० जनामा यो संक्रमण देखिएको छ ।