केही प्रेरणादायी भनाइहरू, जसले बदल्नेछ तपाईँको साेच

तिनीहरुप्रति कहिल्लै ध्यान नदिनुस् जसले तपाईँको पछाडि कुरा काट्छ
किन कि यसको सिधा अर्थ हो तपाई उनीहरु भन्दा दुई कदम अगाडि हुनुहुन्छ ।

असफलता र सफलता दुबै अवस्थामा मान्छेहरु तपाईको कुरा गर्नेछन्
फरक यत्ति हो कि सफल हुँदा प्रेरणाको रुपमा असफल हुँदा पाठको रुपमा

कुरा तितो छ तर सत्य हो
मान्छेहरु त भन्छन् तिमी संघर्ष गर हामी तिम्रो सधै साथमा छौँ
यदि मान्छेहरु साथ हुँदा हुन् त यति धेरै संघर्षको जरुरत नै हुने थिएन ।

कसैले खुब दिल छुने कुरा भनेको छ, मैले तिमीलाई यसकारण सलाह दिइरहेको छैन कि म तिमीभन्दा धेरै जान्ने छु यसकारण सम्झाइरहेको छु कि मैले तिमीले भन्दा धेरै गल्ती गरेको छु ।

यदि दुनियामा सबैभन्दा राम्रो सोच्न चाहनुहन्छ भने सबैभन्दा पहिला अरुको कुभलो सोच्न छोड्दिनुस् ।

पहिला मान्छेहरुले सिकाएका हुन् कि समय बदलिनेछ, आज समयले सिकाउँदैछ मान्छेहरु पनि समयसँगै बदलिन्छन् ।

अवसर र सूर्योदयमा एउटै समानता छ कि अबेर गर्नेहरुले त्यसलाई भेट्न सक्दैनन् ।

यो जीन्दगी पनि ऐना जस्तै हो तपाई मुस्कुराउनुस् जीन्दगी पनि मुस्कुराउने छ ।

यदि जीन्दगीमा अप्ठ्याराहरु आएनन् भने आफ्नाहरुमा लुकेका पारायाहरु र परायामा लुकेका आफ्नो कहिल्लै पत्ता लाग्दैन ।

खुशी रहनुको मतलब यो होइन की सबैकुरा ठीकठाक छ
यसको मतलब हो आफ्नो दुःखभन्दा माथि उठेर जीउन सिक्नु ।

बहुत सुन्दर शब्द लेखिएको थियो कहीँ दुनियाँमा छोड्ने जस्तो केही छ त अरुलाई निचा देखाउन छोड्दिनुस् ।

एउटा कुरा सधै याद राख्नु साथी
सुखमा त सब मिल्छन् तर दुःखमा सिर्फ भगवान मात्र मिल्छ ।

सर्प घरमा देखियो भने मान्छेहरु लट्ठी लिएर धपाउँछन्, यदि त्यही सर्प शिव लिंग वरपर देखियोस त तिनै मान्छेहरु दुध चढाउँछन्, यहाँ मान्छेहरु तपाईँको होइन तपाईँको स्थान र स्थितिको सम्मान गर्छन् ।

जीन्दगीलाई सम्झाउन बहुत मुस्किल छ, कोही सपनाका लागि आफ्नाबाट टाढिन्छन् कोही आफ्नाका लागि सपनाबाट टाढिन्छन् ।

जसले जे सुकै भनोस भन्न दिनुस हाम्रो के जानेछ
यो समयको खेल हो समयको कुरा हो ढिलो चाँडो समय सबैको आउने छ

सबैलाई त्यही तराजुमा तौलिनुस्, जुन तराजुमा आफूलाई जोख्नु भएको छ त्यसपछि हेर्नुस् मान्छेहरु त्यतिधेरै खराब पनि छैनन् जति हामी सम्झिरहेका छौँ ।

दुनियाँले के भन्ला, उसले के सोच्ला अर्काले के भन्ला यो भन्दा माथि उठेर सोच्नुस् जीन्दगी बदलिने छ ।

यदि कुनै काम गर्न डर लाग्यो भने याद राख्नुस कि तपाईँको काम वाकई बहादुरीले भरिएको छ ।

सिर्फ मरेको माछालाई मात्र पानीको बहावले चलाउँछ जुन माछा जिवित हुन्छ ऊ छालहरुमा पनि आफ्नो बाटो आफै बनाउँछ ।

जीन्दगी जिउज सजिलो छैन विना संघर्ष कोही महान हुँदैन । जबसम्म पत्थरमा हथौडाको चोट पर्दैन तबसम्म पत्थर पनि भगवान बन्दैन ।

मेहनत यति शान्त रुपमा गर्नुस कि तपाईँको सफलताले स्वर मच्याओस् ।

मैदानमा हारेको मान्छेले त फेरि जित्न सक्छ तर मनदेखि नै हारेको मान्छेले कहिल्लै पनि जित्न सक्दैन त्यसैले हिन्मत नहार्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *