बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

भाेलि र पर्सी लगातार दुई दिन सार्वजनिक बिदा
जनकपुरधाम । प्रदेश नम्बर २ मा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । होली पर्वको अवसरमा २ नम्बर प्रदेश सरकारले लगातार २ दिन सार्वजनिक बिदा दिएकाे हाे ।
प्रदेश सरकारको बिदा सम्बन्धी पात्राे अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको छ । २७ गते नै तराई/मधेशमा होली पर्व मनाइए पनि मिथिलाञ्चल क्षेत्रमा भने बुधबार हाेली मनाइँदै छ । त्यसैले २८ गतेका लागि पनि बिदा दिइएकाे हाे । जनकपुरधाम प्रदेशको अस्थायी राजधानी पनि हाे ।
यसैबीच प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको शुभकामना व्यक्त गर्नुभएकाे छ । देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई होलीको शुभकामना दिदैं मुख्यमन्त्री राउतले सबैको सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गर्नुभएकाे छ । आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढँगले हर्षोल्लासपूर्वक होली पर्व मनाउन उहाँले बिज्ञप्ती मार्फत् आह्वान समेत गर्नुभएकाे छ ।