काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
मोदीले दिएको ‘सम्मान’ अस्वीकार गर्ने यी बालिका काे हुन् ?
बीबीसी । “प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ।”
यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अस्वीकार गर्ने आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजम हुन्।लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन्। उनी पर्यावरणसम्बन्धी मुद्दामा निकै सक्रिय छिन्। उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्।
भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्विटरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको नाम प्रस्तुत गरिरहेको छ।
अस्वीकार गर्नुको कारण
भारत सरकारले आफ्नो नाम पनि उल्लेख गरेपछि लिसिप्रियाले धन्यवाद त भनिन् तर त्यो सम्मान स्वीकार नगर्ने बताइन्।उनले लेखिन्, “प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन। यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस्। मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनको रूपमा उपयोग नगर्नुहोस्। म तपाईँको पक्षमा छैन।”
समाजिक सञ्जालमा प्रतिक्रिया
लिसिप्रियाको प्रतिक्रियाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन्। केहीले उनको ‘आँटिलो’ टिप्पणीको प्रशंसा गरेका छन् भने केहीले उनलाई भ्रममा राखिएको बताएका छन्।
केहीले त्यो ट्वीट उनले लेखेकोमा आशङ्का व्यक्त गरेका छन्। ट्विटरमा उनको परिचयमा सो खातामा उनका अभिभावकद्वारा व्यवस्थापन गरिने उल्लेख छ। केहीले उनले भारत सरकारको अपमान गरेको धारणा राखेका छन्।
उनको तुलना स्वीडनकी वातावरण अभियानकर्मी ग्रेटा टून्बेर्गसँग पनि गरिन्छ। तर लिसिप्रियाले त्यो मन पराउँदिनन्। उनी आफ्नै परिचय भएको बताउँछिन्। उनले ट्विटरमा आफूलाई ‘एक बेघर पर्यावरण कार्यकर्ता’ भनेकी छन्।