हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेपालसहित यी १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक
काठमाडौं । कतारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । कतारी सरकारले सूचना जारी गर्दै कोरोना भाईरस (कोभिड –१९)को संक्रमणको डरले सोमबारदेखि लागु हुने गरी अस्थायी रुपमा कतार प्रवेश रोक्ने निर्णय गरेको हो । शुरुमा ईटालीबाट कतार प्रवेश गर्ने विदेश नागरिकहरुलाई प्रवेश रोकेको कतारले प्रबेश रोक लगाएका देशहरुमा नेपालसहित बंगलादेश, चीन, ईजिष्ट, भारत, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरीया श्रीलंका ,सिरिया र थाईल्याण्ड रहेका छन् ।
झन्डै एक सयभन्दा बढी मुलुकका आप्रवासी कामदार रहेको कतारमा नेपाली कामदारको सख्या चार लाख भन्दा केही बढी छ । कतारको पछिल्लो निर्णयले विजनेश वा भिजिट भिसामा कतार प्रवेश गर्ने देखि रोजगारीका लागि जाने सबै प्रभावित हुने भएका छन् ।
कतारले परिस्थितीको शुक्ष्म मुल्याङ्कन गरिरहेको भन्दै परिस्थितीमा सुधार देखिए अस्थायी प्रतिवन्ध हटाउन सकिने बताएको छ । कतारले आफ्ना देशका नागरिकहरुलाई पनि सकेसम्म विदेश नजान आग्रह गरेको छ । त्यसअघि आइतवार नै कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तर उनीहरु कुन देशका हुन् भन्नेबारे कतारले सार्वजनिक गरेको छैन ।
कतारले शनिबार ३ हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेकोमा इरानबाट चार्टड गरी ल्याइएका १२ जना कतारीलाई भाइरसको संक्रमण देखिएको थियो । कतार सरकारले सामाजिक सञ्जालमा फैलिने हल्लाको पछाडि नलागी सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ ।