नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बलिउड अभिनेत्री सारा अली खानको तस्बिर भाइरल
एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान अक्सर आफ्नो लुब्सका कारण मिडियामा छाइरहन्छिन् । उनी सधैजसो कूल एवं फन लुकमा देखिन्छिन् जसका कारण उनका फ्यानहरु पनि उनलाई औधी मन पराउँछन् ।
साराले सन् २०१८ मा फिल्म केदारनाथबाट बलिउडमा प्रवेश गरेकी थिइन् । छोटो समयमै उनी बलिउडमा उत्कृष्ट अभिनेत्रीको परिचय बनाइसकेकी छिन् । उनको पहिरनका विषयलाई लिएर पनि खुबै चर्चा हुने गरेको छ ।
यसैबीच हालचालै उनी एक सिल्क सर्ट ड्रेसमा देखिएकी छिन् । उक्त पहिरनमा उनी बार्बी डल जस्तै देखिएकी छिन् । उक्त ड्रेस चौपट्टै सुहाएको छ उनलाई त्यसैले पनि भारतीय मिडियाले महत्वका साथ स्थान दिएका छन् ।
उनी नयाँ पहिरन लुकमा सारा नियोन पिंक आएबरी डिप–डाइड बेबीडल सिल्क ड्रेसमा देखिएकी छिन् । साराको उक्त ड्रेसको पापा डोन्ट प्रीच बायको डिजाइनर शुभिकाद्वारा डिजाइन गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको श्रृङ्गार सेलिब्रेटी स्टाइलिस्ट लक्ष्मी लेहरले गरेकी हुन् ।