रंगशाला निर्माणका लागि एनबीआर फेसबुक ग्रुपद्वारा आर्थिक सहयोग

पाल्पा । सामाजिक सञ्जालमा सक्रिय युवाहरुको समूहले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ । Nepalese Brothers Room नामक फेसबुक ग्रुपमा आवद्ध युवाहरुको सक्रियतामा शनिबार एक कार्यक्रमकाबीच देश बिदेशबाट संकलित एक लाख ६७ हजार ३ सय ९९ रुपैयाँ रङ्गशाला निर्माणका अभियान्ता हास्यकलाकार कुञ्जना घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

यस अबसरमा केही युवाहरुले रङ्गशाला निर्माणमा श्रमदान समेत गरेका थिए । एक दिने श्रमदान कार्यक्रममा एन बी आर पाल्पा, बुटवल, चितवन तथा अन्य जिल्लाका सदयस्हरुको सहभागिता रहेको थियो ।

एनबीआरले विगत केही वर्षदेखि समाजमा विभिन्न सामाजिक सेवाको कार्यमा सहयोग गर्दै आएको छ । व्यतिmमा रहेको मानवियताको गुणलाई प्रस्फुटन गर्ने गरी विश्वभरी छरिएर रहेका नेपाली युवा, दाजुभाइहरूलाई एकताबद्ध बनाएर स्थानीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय भाइचाराको विस्तार गर्ने समूहको लक्ष्य छ । सामाजमा आइपर्ने विभिन्न समस्याहरु समाधानका लागि आवस्यक सहयोग आदानप्रदान गर्न सहयोगी हातहरुलाई जोड्न समूहले भूमिका खेल्दै आएको छ । गैर नाफामुखी, गैर राजनीति एवं गैर धार्मिक सामाजिक संस्थाको रुपमा यो समूहले काम गर्दै आएको छ ।

कार्यक्रममा एन बी आरका तर्फबाट शिव थापाले समाजको आवश्यकता अनुसारको सकरात्मक संदेश दिने, सामाजिक विकास सँगै विपद् व्यवस्थापनमा स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । बाढी, पहिरो, हावाहुरी आदि जस्ता प्रकृतिक प्रकोप पछिको राहात तथा उद्धारको लागि यस समूहले विभिन्न गतिविधि संचान गर्दै आईरहेको उहाँले बताउनुभयो ।

धुर्मुश सुन्तली फाउन्डेसनको तर्फबाट कुञ्जना घिमिरेले जनस्तरबाट चितवनमा बन्न लागेको रंगशाला निर्माणको लागि सहयोग जुटाउदै निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । यस्तै सहयोगी हातहरुका कारण आपूmहरुले आँटेको काम सफल हुनेमा आशावादी रहेको भन्दै उहाँले सहयोदाताप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *