बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नारी स्रष्टा : संघर्ष प्रयासीका चाेटिला चार मुक्तक
मुक्तक
१) मान्छेहरु मान्छेको औकात तौलिन आउँछन् ।
या त आफ्ना मनका पीडा पस्किन आउँछन् ।
अरुलाई पीडामा राख्न भनी अर्कै विकल्प रोज्दै,
लाग्छ जो पनि समस्या थुपारिदिन आउँछन् ।
२) खानदानीसँग गरीबकी छोरीको घरजम भएर ।
असाहय गरीब दमन शोषण हरदम भएर।
शिक्षित परिवारबाटै यस्तै घटना दोहोरियो,
जहाँ चेली ज्युदै जलाइयो दाइजो कम भएर ।
३) कालोलाई सेतो भन्नैपर्ने जबजस्ती कस्तो अचम्म ?
यस्तो खालको बाध्यता थे’न हिजोअस्ती कस्तो अचम्म ?
खै के के तन्त्र आयो भन्छन हाम्रो देशमा हैन र भन्या,
तर फेरिएनन् त गरीबका झुप्रा बस्ती कस्तो अचम्म ?
४) सोझा साझा निमुखालाई चोर बनाएर ।
अरुको आत्मबल कमजोर बनाएर ।
अर्कालाई छल्न ठग्न अघि बढ्छ मान्छे,
आफूभित्रको आत्मा नि कठोर बनाएर ।
संघर्ष प्रयासी
छत्रकोट गाउँपालिका १ हुँगा, गुल्मी ।