नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैं छ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने समिती सदस्य पुर्णकुमारी सुवेदीले जानकारी दिनुभयाे ।
गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमै छ ।
कांग्रेस र राजपा जोशीका पक्षमा सकरात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गर्दै अाएकाे छ ।