यसरी हात–हातमा बेचिन्छन्, नेपाली महिला

बाँके । बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।

दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन । रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १ हजार ५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एक जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहे छ भन्ने यो एउटा उदाहरणमात्र हो । गत माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन् । उनी त्यही दिन दिल्लीबाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पु¥याउन श्रीमान समेत गएका थिए ।

दुबईमा तीन घण्टा रोकिएपछि जहाज कुवेत पुग्यो । कुवेतमा रामकलीलाई ६ दिनपछि एक जोडी अरबी आएर किनेर लग्यो । दलालले रामकलीलाई घरमा काम गर्ने हो । झाडु, पोछा, खाना पकाउने, बच्चा हेर्नुपर्छ भनेका थिए । त्यसवापत उनलाई मासिक ५० हजार नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘आठ लाखमा किनेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कुटपिट र हिंसा गर्न थाल्यो ।

६ दिनपछि रामकली त्यो घरबाट भागेर बंगालीको कोठामा आइन् । नराम्रो काम परेको गुनासो गरिन् । त्यसपछि बंगाली एजेन्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा तीन दिन बस्दा पनि त्यस्तै हिंसा भयो । त्यहाँबाट पनि भागेर पुनः त्यही आइन् । बंगाली एजेन्टले फेरि अर्को घरमा पठायो । त्यो घरमा सात दिन बस्दा पनि रामकलीमाथि हिंसाले निरन्तरता पायो । यो घरका साहुले त एकतलाबाट तल फालिदिए ।

तेस्रो घरबाट पनि भागेर आएपछि रामकलीलाई बंगाली एजेन्टले चौथो घरमा काम गर्न पठायो । एवं रीतले रामकलीले सात महिना कुवेतमा बस्दा ६ वटा घर चाहारिन् । शुरुका तीन वटा घरमा नराम्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उद्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दलालमार्फत उद्धारको प्रक्रिया अघि बढाएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *