काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
यसरी हेर्नुस् शिक्षक लाइसेन्सको परीक्षामा प्राप्त गरेको नम्बर
काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । पास गरेको थाहा पाए पनि आफूले प्राप्त गरेको प्राप्ताङ्क बारेमा जान्न चाहानुहुन्छ भने परीक्षार्थीले मोवाइलको Message box मा गएर TSC टाइप गरी एक स्पेस दिई प्रवेशपत्रमा रहेको Tsc applicationId number टाइप गरी ३१००७ नम्बरमा SMS पठाइ जानकारी लिन सकिन्छ ।
जस्तै TSC0011237105 Id ले Tsc(onespace)0011237105 type गरेर ३१००७ मा ठाउने
आयोगले बिहीबार कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा प्रकाशन गरेको छ भने यसअघि नै पहिलो चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरेको थियो । माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।
सबै विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।