लाेकसेवा तयारी सम्भावित ३० वस्तुगत प्रश्न-उत्तर

१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?
 आर्थिक वर्ष २०७६÷०७७

२. अफगानिस्तानमा भएको राष्ट्रपतिको निर्वाचनमा को विजयी बनेका छन् ?
 असरफ घानी

३. लमजुङ जिल्लास्थित माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्् आयोजनाको विद्युत् उत्पादन क्षमता कति छ ?
 २५ मेगावाट ।

४. नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) द्वारा १४औँ एनएनआईसीए स्पोर्टस अवार्ड–२०७६ अन्तर्गत वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषित गरियो ?
 पुरुषतर्फ ः विमल अधिकारी (पाराग्लाइडिङ)
महिलातर्फ ः निमा गुरुङ (तेक्वान्दो)

५. ‘युनिटी जर्नल’ कुन सुरक्षा निकायद्वारा प्रकाशित जर्नल हो ?
 नेपाली सेना ।

६. त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’को उद्घाटन कहिले गरियो ?
 विक्रम संवत् २०७६ फागुन ८ ।

७. ‘सफल बन्नका लागि होइन, बरु मूल्यवान बन्नका लागि सङ्घर्ष गर’ भन्ने विद्वान् को हुन् ?
 अल्बर्ट आइन्स्टाइन ।

८. विसं. २०७६ फागुनमा सम्पन्न नेपाल अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
 चलचित्र बुलबुल ।

९. काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कार्यको शुभारम्भ कहिलेदेखि गरिएको हो ?
 विसं २०७६ फागुन ५ ।

१०. गण्डकी विश्वविद्यालयको कुलपतिमा कसलाई नियुक्त गरिएको छ ?
 प्रा.डा. गणेशमान गुरुङ ।

११. राष्ट्र बैङ्कद्वारा प्रकाशित तथ्याङ्कअनुसार २०७६ पुससम्म वाणिज्य बैङ्कका शाखा पुगेको स्थानीय तह कति रहेका छन् ?
 ७४५

१२. राष्ट्र बैङ्क इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७६ पुस मसान्तसम्म कति रहेको छ ?
 १६४

१३. सैनिक प्राड सेवा नियमावली–२०७४ अनुसार ‘सैनिक प्राड सेवा’ भन्नाले के बुझिन्छ ?
 नेपाली सेनामा कानुन तथा न्यायसँग सम्बन्धित कार्यसम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा ।

१४. छैँटौँ विश्व सरकार सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
 सन् २०१८ फेब्रुअरी ११–१३, युएई ।

१५. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?
 सन् २०१८ जनवरी २६ ।

१६. अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?
 नेदरल्यान्डको हेग ।

१७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?
 काभ्रे ।

१८. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?
 १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता र पलेम्वाङ)

१९. विश्वकै अग्लो झोलुङ्गे पुल कहाँ छ ?
 चीन (डुगे पुुल) ।

२०. नेपालको सबैभन्दा अग्लो पुल कहाँ छ ?
 हालसम्म नेपालको अग्लो पुलका रूपमा पर्वत सदरमुकाम कुश्मा र मुडिकुवा जोड्ने मोदीखोलामाथि निर्मित पुल ।

२१. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?
 विसं २०७५ भदौ १८ ।

२२. ‘आफ्नो अन्तरआत्माको आज्ञाअनुसार काम गर्दा कुनै अकल्याण वा अमङ्गल हुँदैन’ भन्ने विचारक को हुन् ?
 लियो टाल्सटाय ।

२३. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?
 भदौ ३ ।

२४. सुमेरु परिषद् (आर्टिक काउन्सिल) का सदस्य राष्ट्र कति छन् ?
 आठ ।

२५. विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ छ ?
 जुम्ला ।

२६. ‘द मेटाफिजिक्स’ नामक किताबका लेखक को हुन् ?
 अरस्तु ।

२७. भिक्टोरिया फल्स कुन–कुन देशको सीमामा पर्दछ ?
 जिम्बावे र जाम्बिया ।

२८. युरोपको बिरामी भनेर कुन देशलाई भनिन्छ ?
 टर्की ।

२९. यलम्बर कुन वंशका प्रथम राजा थिए ?
 किरात वंश ।

३०. ट्रहोटे पर्व मुख्य रूपमा कुन जातिले मनाउने गर्छन् ?
 गुरुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *