What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
स्थानीय बजारमा बढ्यो नम्बरी सुनको मूल्य
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज ७६ हजार पुगेको छ ।
यस्तै तेजावी सुन आज ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । चाँदीको मुल्य पनि बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैया पुगेको छ ।
केही दिन देखि स्थिर रहेको सुनको दरभाउ बिहीबार भने सामान्य बढेको हो । यो वर्ष सुनको मूल्य नेपाली बजारको इतिहास मै उच्चतम बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनको प्रभाब नेपालमा पनि परेको हो ।






