बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

झुप्रीले गाइन् करोडौँ नेपाली रुवाउने आफ्नै भोगाइको गीत (भिडियोसहित)
काठमाडौं । चर्चित रियालीटी शो द भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएकी झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक भएको छ । दृष्टिबिहीन भण्डारीको आफ्नै जीवन भोगाइ समेटिएको ठाडी भाका सम्झी रुना रुना बुधबार युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ भने लय पाण्डव विष्टको रहेको छ । गीतमा आफ्नै जीवन कथामा आधारित रहेर झुप्री भण्डारीले मर्मस्पर्शी स्वरमा गाएकी छिन् ।
झुप्रीको कारुणिक बेदनालाई ठाडी भाकाको लयमा गजलकार कमल संघर्षले शब्द विन्याश मिलाएका छन् । भावपूर्ण चोटिला शब्दले गीतलाई अझ जीवन्त बनाएको छ । गीतको म्युजिक भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ । भिडियोमा झुप्रीका जीवन भोगाइको वास्तविक चित्र उतार्न खोजिएको छ । आञ्चलिक लयको गीत भए पनि गीत सार्वजनिक भएको २४ नबित्दै लाखौँ दर्शकले हेरेका छन् । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्