पुरुषको स्तन र अन्य पाँच ‘प्रयोगहीन’ अङ्गहरू यी हुन्

बीबीसी । हामी सबैलाई मानवशरीरमा अपेन्डिक्स प्रयोगहीन अङ्ग हो भन्ने थाहा छ । उक्त अङ्ग मानवजातिको क्रमविकास हुँदै जाँदा प्रयोगहीन भएर अवशेषका रूपमा शरीरमा बाँकी छ । तर के तपाईँलाई हाम्रो शरीरका केही अन्य अङ्ग र भाग पनि प्रयोगहीन छन् भन्ने थाहा छ ? आज यहाँ हामीले पुरुषका केही प्रयोगहीन अङ्गहरुका बारेमा चर्चा गर्दैछौँ । यो सामाग्री बीबीसीको सहयोगमा तयार गरिएको हो ।

हुन त मानव शरीरको हरेक अङ्गप्रत्यङ्गको आफ्नै विशिष्ट प्रयोजन हुन्छ । तर केही कुराहरुमा भने अपवाद पनि छन् । हाम्रा शरीरका कुनै कुनै अङ्गको खासै अर्थपूर्ण प्रयोजन हुँदैन । प्रत्यक्ष रुपमा त्यसको दैनिक प्रयोग भएको महसुस पनि हुँदैन । ती केही अङ्गअहरु हाम्रो शरीरमा नभए पनि खासै असर पर्दैन ।

१) भ्रुणको पुच्छर
गर्भ बसेको केही हप्तामै भ्रुणको पुच्छर विकसित हुन्छ । तर जन्म अगाडि नै त्यो पुच्छर हराउँछ । त्यो मेरुदण्डको फेदमा बाँकी हाड जोडिँदा पुछ«ेहाड बन्छ ।
२) बुद्धि बङ्गारा
हाम्रो खानपानमा परिवर्तन आएको छ । नरम र पकाएको खानेकुराहरुका कारण बुद्धि बङ्गाराको प्रयोग घट्न थालेको हो । अहिले सबै मानिसमा बुद्धि बङ्गारा हुन्छ नै भन्ने छैन । धेरै दन्त चिकित्सकहरुले त्यसलाई निकालेर फाल्न नै सुझाब दिन्छन् ।
३) कानको मांसपेशी
अन्य स्तनधारी जीवले कान हल्लाउन यसको प्रयोग गर्छन् । त्यसो गर्दा आफ्नो सिकार र सिकारी पत्ता लगाउन तिनलाई सजिलो हुन्छ । तर लामो घाँटी हुने मानव जातिलाई ती मांसपेशी आवस्यक छैन ।
४) प्याल्मरिस लङ्गस
यो मांसपेशी नाडीदेखि कुहिनोसम्म फैलिएको हुन्छ । रुख चढ्नका लागि हाम्रा पूर्खाहरुको लागि यो मांशपेशी निकै उपयोगी थियो तर अहिले झण्डै १० प्रतिशत मानिसमा यो मांसपेशी हुँदैन ।
५) एरेक्टर पिली
हाम्रा पूर्खाको शरीरमा धेरै रौँ हुने गरेको बेलामा यी मांसपेशीले तिनलाई अझै भिमकाय र भयानक देखिने बनाईदिन्थे । अहिले ती मांसपेशी खुम्चिदा शरीरमा सिरिङ्ग भएजस्तो र काँडा उम्रेजस्तो देखिन्छ ।
र पुरुषको स्तनमुख
सबै भ्रुण प्रारम्भिक चरणमा समान तरिकाले विकसित हुन्छन् । पुरुषका यौ*नाङ्ग बन्न हर्मोन आउनु अगाडि नै पुरुष भ्रसणको शरीरमा स्तनमुख विकसित भइसक्छ । तर पछि यसको प्रयोग भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *