पाल्पा महोत्सवको तयारी पूरा

सुनिल कार्की
पाल्पा । पाल्पा व्यापार संघको आयोजनामा हुन लागेको पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तानसेन–९, दमकडामा यही फागुन १ गतेदेखि ११ गतेसम्म हुन लागेको महोत्सव तयारी लगभग पूरा भएको महोत्सव मूल आयोजक समिति तथा उपसमितिले जनाएको छ ।

आयोजकले स्टल व्यवस्थापन, मेला स्थलको व्यवस्थापनको काम अन्तिम चरणमा पु¥याएको छ । यस्तै, विभिन्न संघसंस्था तथा व्यक्तिहरुसँग छलफल गरेर महोत्सव सफल बनाउन काम गरिरहेको जनाएको छ । महोत्सवमा पाल्पाका दश स्थानीय तहका कृषि, पर्यटन र उद्योगका दुई÷दुई स्टल रहेछन् । यस्तै पाल्पाका विभिन्न जातजाति तथा भाषाभाषीमा प्रचलित तथा लोपोन्मुक सांस्कृतिक झाँकी तथा कला संस्कृति प्रदर्शनका लागि सांस्कृतिक उपसमितिले तयारी गरेको छ । पाल्पाका दश वटै स्थानीय तहमा प्रचलित घाँटु, झाम्रे, कडुवा, लाखे, भजन, चुट्का, ख्यालीलगायतका नाच प्रस्तुतीका लागि तयारी सकिएको उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो ।

महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जीवि पोखरेलले महोत्सव सफल बनाउन सबैको सहयोग रहने विस्वास व्यक्त गर्नुभएको छ । पाल्पाको ग्रामीण क्षेत्रमा पनि विकासको सम्भावना छ भन्ने देखाउन दमकडामा महोत्सव गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “अब महोत्सव मुख्य बजारमा मात्र होइन, दमकडा, अर्गली, सराई सहित अन्य क्षेत्रमा पनि लगाउन सकिन्छ भन्ने देखाउनुपर्छ”उहाँले भन्नुभयो ।

संघको व्यापार महोत्सवबाट ठूलो नाफा कमाउने भन्दा पनि माडी क्षेत्रमा विकासको पहिचान गर्न, पाल्पाका विभिन्न स्थानका कृषि तथा घरेलु पर्यटन उद्योगको प्रचार गर्नमा सहयोग पुग्ने बताउनुभयो । कृषि र पर्यटन प्रबर्दन गर्ने स्टललाई निशुल्क प्रवेशको अवसर दिने उल्लेख गर्नुहुँदै अध्यक्ष पोखरेलले माथागढी क्षेत्रमा उत्पादन भएका बस्तुको प्रचारका लागि संघ स्टल निशुल्क रुपमा राख्न तयार रहेको बताउनुभयो । महोत्सव स्थल दमकडामा स्टल निर्माणको काम भईरहेको छ भने स्टेज निर्माण र बाल उद्यान निर्माणको काम अन्तिम चरणमा पुगेको स्टल व्यवस्थापन उपसमितिका संयोजक कमल ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *