काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सम्झनामा त्यो प्रपोज डे : काे हाेला त्याे मान्छे
संगिता भट्ट –
हरेक वर्ष प्रणय दिवसको प्रशंग चल्दा मलाई त्यो दिनको झल्को निकै आउँछ । सम्झिदा त्यो पल आज पनि भर्खर जस्तै लाग्छ । हुन त पृथ्वीले सूर्यको फन्को थुप्रै पटक लगाइसक्यो र मेरो जीन्दगीले पनि नयाँ दिशा नयाँ गति लिएको छ समयले कोल्टे फेरेसँगै । जीन्दगीका कतिपय पलहरु यादगार हुन्छन् यो पनि एउटा घटना हो । लेखनमा त्यती पोख्त त छैन तर त्यतिबेलाका अनुभुतिलाई शब्दमा वर्णन गर्ने प्रयास मात्रै गरेकी छु ।
पत्रकारिता पेसा यस्तो हो जहाँ जिम्मेवारीको भारी र तनाब बढी हुन्छ तलबको तुलनामा तनखा टाइममा आओस् वा नआओस् काम भने समयमै गर्नुपर्छ । समाचार समयमै दिनुपर्छ । त्यसमाथि पछिल्लो समय बढेको अनलाइन होडबाजीबीचमा समाचार सम्प्रेसणको चटारो हरबखत रहिरहन्छ ।
त्यो दिन,
अफिसमा नाइट ड्युटी गर्ने सहकर्मी बिदामा बस्दा उसको ठाउँमा मैले काम गर्नुपर्ने भयो । मेरो नियमित काम बाहेक थप समय, राति घर पु¥याई दिने सर्तमा म राजी भएकी थिएँ । पानीपोखरीमा अफिस थियो डेरा सोह्रखुट्टे नयाँ बजार । रातिको ९ बज्यो म आफूले काम गरिरहेको कम्प्युटर अफ गरेर बाहिर निस्किए नयाँ अफिस, सबै मान्छेसँग चिनजान भइसकेको थिएन । पेसा पत्रकारिता नै भए पनि अरुजस्तो हाइफाइ गर्ने बानी छैन । त्यसैले बोल्दा डराई डराई कसैले केही भन्ला कि भनेर सोचेर बोल्ने गर्थे ।
बाहिर निस्केपछि गेटमा उभिइरहेको गार्ड दाइलाई बोलाएँ – दाइ
गार्ड– हजुर
म – म घर जानु पर्ने के गर्ने होला ?
दाइ – गाडी स्टाफ लिन गएको छ एकैछिनमा आउँछ पख्नु एकै छिन् ।
म – हस्
गाडी पर्खुन्जेल मनमा अनेक तर्कनाहरु आए । राति त्यसरी अबेरसम्म नबसेकी मान्छे म सायद मनमा यस्ता कुराहरु खेल्नु स्वभाविक पनि थियो । मनमा डर लाग्न थाल्यो कतै नपु¥याई दिने पो हन् कि ! रात छिप्पिदै गयो चिसोको बेला सिमसिम पानी परिरहेको थियो । आफ्नो साधन हुनेहरु धमाधम निस्केर बाटो लाग्दै थिए । आफ्नै सवारी नभएकी म कार्यालयको गाडी कुर्नुको बिकल्प थिएन । ९ बजे काम सकेर निस्किएकी म लामै सयम कर्नुप¥यो गाडी । अलिबेरमा स्टाफ बोकेर गाडी आयो । ड्राइभरलाई पनि चिनेको छैन मनमा डर थियो ।
गार्डलाई फेरी आग्रह गरे दाइ “एक पटक ड्राइभरलाई भन्दिनुस् न मलाई पु¥याईदिन भनेर ।”
गार्डदाइ चुपचाप ड्राइभरतिर लाग्नु भयो र भन्नु भयो, “यी बहिनी नयाबँजार जाने रे, नयाँ स्टाफ हो पु¥याइदिनु ।
ड्राइभर – हुन्छ एकै छिनमा सबै स्टाफ एकै चोटि लिएर जान्छु ।
रातिको पौने करिब १० बजेतिर अघि म निस्के जस्तै गरी अफिसबाट ९ जना निस्किए र गडीतिर मोडिए ड्राइभरले मतिर हेर्दै आउनुस् भन्नु भयो म पनि तै गाडीभित्र छिरे सानो गाडी ड्राइभरसहित ११ जना गडिमा जसो तसो मिलेर बसियो । त्यो गाडीमा भएकामध्ये अरुको लागि म र मेरो लागि अरु नौला थियौँ । ड्राइभर दाइले अरुसँग सल्लाह गर्नुभयो उहाँलाई पु¥याईदिउ है पहिला ? साथीहरुले हुन्छ हुन्छ भन्नु भयो । कार्यालय एउटै भएपनि क्षेत्र फरक परेकाले खास चिनाजानी थिएन । त्यसमाथि म झन् भर्खर काम गर्न थालेकी थिएँ त्यहाँ ।
अरु गफ गर्दै हास्दै थिए म सोच्दै थिए यो राति घरको गेट बन्द रहेछ भने म के गर्ने होला ? आफैले बाटो चिनाउँदै डेरा पुग्न २ मिनेटको बाटो बाँकी छँदै गाडी रोक्न लगाए किन कि त्यो बाटोभित्र गाडी लैजाँदा फर्काउने ठाउँ थिएन ।
गाडीबाट झरेँ र कसैलाई नचिने पनि मसिनो स्वरमा सबैलाई वाई वाई गुड नाईट भने, उनीहरुले पनि तुरुन्तै प्रतिक्रिया दिदै एकै स्वरमा गुडनाईट भनेर मेरो बिदाइ गरे । गाडी फर्कियो । म आफ्नो बाटो लागेँ ।
लोडसेडिङको समय थियो अधेरी रात न सडकमा बत्ती, चुक पोखेजस्तो अन्धकार । अहिले पो कुलमान आए विद्युुत प्राधिकरणको बेथितिलाई थितिमा ल्याएर विजुली फालाफाल छ । राजधानी भन्न मात्रै हो सडक बत्ती बल्दैन गल्लीहरुमा ।
लोडसेडिङको समय थियो अधेरी रात न सडकमा बत्ती, चुक पोखेजस्तो अन्धकार । अहिले पो कुलमान आए विद्युुत प्राधिकरणको बेथितिलाई थितिमा ल्याएर विजुली फालाफाल छ । राजधानी भन्न मात्रै हो सडक बत्ती बल्दैन गल्लीहरुमा । म मोबाइलको बत्तीमात्रै के बाल्न खोज्दै थिए मेरो अगाडी २ वटा कुकुर आइपुग्यो । मलाई डर लाग्न थाल्यो । फेरि झड्ट सम्झिए बुढा पाकाले भन्ने गरेको कुकुरले झम्टिन खोज्यो भने भाग्न हुन्न भन्ने । एक छिन त रोकिएँ त्यसपछि दुवै कुकुर मलाई झम्टिदै टोक्न खोज्दै थिए । म आत्तिदै डराएर चिच्चाउदै थिए मेरो चिच्चावट सायद कसैले सुनेन । सुनेको भए पनि कसैले वास्तै गरेनन् । केही पत्तो पाइन मैले ।
म कुकुरलाई लखेट्न खोज्दै थिएँ तर दुबै कुकुरले मलाई टोक्न खोज्दै उल्टै भुक्दै झम्टिन खोज्दै थिए । त्यो अन्धकारमा ढुङ्गा टिप्न खोजे तर भेटिन । बाटाे छेउकाे माटो टिपेर बर्साए कुकुर केही पछाडि हट्यो म दाैड्न खोज्दै कुकुर मेरो पछिपछि । फेरि चिच्चाउँदै हातमा भएको झोलाले पालै पालो कुकुरलाई हान्दै उल्टो हिड्दै डेरा भएको घरको गेटसम्म पुगेँ जसोतसो कुकुर झम्टन छोडेको थिएन म कराउन पनि छोडेको थिइन । त्यतिबेला रातिको सवा दश बजेको थियो । अन्धकार रातमा डरको सीमा थिएन । उसैले मनमा खेलेका अनेक कुराहरुले डराइरहेकी म त्यसमाथि कुकुरको झम्टाइले तीन गुणा बढाएको थियो त्रास डरले हात खुट्टा मात्रै होइन मुटु पनि काँपीरहेको थियो । एक पटक त हातमा भएको चाँबीको झुप्पाले नै कुकुरलाई बर्साएँ । बल्ल भाग्यो कुकुर । कुकुर भाग्यो अनि चावी टिपे कुकुर गएपछि बल्ल स्वास आयो कमसेकम कुकुरबाट त बचियो ।
गेटको चावी भित्रबाट र बाहिरबाट पनि खोल्न मिल्ने थियो । म हतार हतार गेट खोल्न लागे कुकुर फेरि आउलाकी भन्ने डरले छोडेको थिएन । दिमागमा एउटै कुरा थियो म गेटभित्र पस्न भ्याएँ भने त्यो भुस्याहा कुकुरबाट चाहिँ म बच्छु । गेटको चाबी खोलेर ढोका लगाएँ । कुकुरले टोक्न भ्याएन । लामो स्वास फेरेँ र घरभित्र पसेँ । तर मूल ढोका लगाइएको थियो । एकातिर रातको समय जाडो कठ्याङ्ग्रिएका हात गोडा काँपी रहेको थियो मुटुको कुरै छोडौँ । अर्कातिर त्यति राति सुतेको मान्छेलाई ढोका खोल्न उठाउँदा के सोच्लान् भन्ने तर्कना मनमा खेल्दै थियो ।
शहर ठूलो भएर के गर्नु अग्ला घरहरुबीचका साँधुरा गल्लीहरु जस्तै सम्बन्धहरु पनि खुम्चिएका हुन्छन् । गाउँमा दश गाउँ डाँडावारी डाँडापारी चिनजान हुन्छ । तर शहरमा चाहिँ एकै घर वल्लोपल्लो कोठमामा बस्नेहरुको पनि खासै हिमचिम हुँदैन । नचाहिने कुरा काटेर बस्न भ्याउने छिमेकी चाहिने कुरामा चाहिँ कसैले वास्तै गर्दैनन् ।
डेरामा एक्लै बस्ने भएकाले ढोका खोलिदिने आफ्नो मान्छे पनि थिएन । र घरमा बस्ने अरू मान्छेको नम्बर पनि थिएन । शहर ठूलो भएर के गर्नु अग्ला घरहरुबीचका साँधुरा गल्लीहरु जस्तै सम्बन्धहरु पनि खुम्चिएका हुन्छन् । गाउँमा दश गाउँ डाँडावारी डाँडापारी चिनजान हुन्छ । तर शहरमा चाहिँ एकै घर वल्लोपल्लो कोठामामा बस्नेहरुको पनि खासै हिमचिम हुँदैन । नचाहिने कुरा काटेर बस्न भ्याउने छिमेकी चाहिने कुरामा चाहिँ कसैले वास्तै गर्दैनन् । मान्छेहरु खुब मतलबी हुन्छन् । हुन त सम्बन्ध कस्तो हुने स्वभावमा भर पर्ने कुरा पनि हो । सम्बन्धका हातहरु त मैले पनि बढाउन सक्थेँ सायद कमजोरी मेरो पनि थियाे होला । कहिलेकाँही घरका ढोका बन्द हुँदा भए पनि काम आउँछ सम्बन्धका ढोका चाहिँ खोलिराख्नु पर्दो रहेछ त्यतिबेला चेत आयो । मध्यरातमा ढोका त जसरी पनि खोल्नै पर्ने थियो । त्यसपछि ढोका ढकढक्याउँदै पालैपालो दाइ, दिदी, अंकल आन्टी भन्दै बोलाउन थाले । करिब १० मिनेट जतिपछि ढोका नजिकको कोठामा बत्ती बल्यो ।
बल्ल बल्ल एउटी दिदी यति बेला कहाँबाट भन्दै आँखा मिच्दै आएर ढोका खोलि दिनुभयो । मैले आत्तिँदै भने म अफिसबाट आउँदै हो । उनले अचम्म मान्दै सोधिन् सधै त चाँडै आउथ्यौ अनि आज किन ढिला ? हिडेर आको हो र ? उनले थोरै चासो व्यक्त गरिन् मेलै सबै सत्यकुरा बताएँ तर, उनले पत्याएको जस्तो गरिनन् । मलाई ढोका खोल्दिनु भो थ्याङ्क्यु भने र मेरो कोठातिर लागेँ ।
हतारिदै कोठामा पुगेँ । भोक लागिरहेको थियो । कोठामा खाने कुरा पनि थिएन । खाना बनाउन मान्छेले कुक्करमा यति बेला सिठ्ठी लागेको सुन्दा के भन्लान् जस्तो लाग्यो र त्यसै सुत्ने निर्णय गरे । त्यो रात एकदमै धेरै डर लागि रहेको थियो । निन्द्रा पनि लागेन । हुन त आफ्ना मान्छे नभएका होइनन् तर कहिलेकाहीँ मनको सम्बन्धलाई दुरीले पनि प्रभाब पार्दो रहेछ । अनि भूगोलको भिन्नताले पार्ने समयको अन्तरले कहिलेकाहीँ आफ्ना मान्छेसँग चाहेर पनि मनका बहहरु पोख्न पाइँदैन । एक्लो महशुस भयो । मनमा थुप्रै कुराहरु थिए सुनाउने कोही पाइन मन भारी भयो ।
रातको १२ बज्न करिब ५ मिनेट बाँकी थियो । निदाउने त कुरै भएन । मोवाइलको घण्टी बज्यो यसो हेर्दा नम्बर नयाँ थियो । मलाई भारी भइरहेको हतास कसलाई सुनाउ जस्तो भइरहेको थियो । फोन उठाएँ । नयाँ आवाज आयो, अपरिचित केटा मान्छेको ।
ऊ– हेल्लो कति बेला आइपुग्यौ रुममा ?
म– अघि भर्खर आइपुगेको अनि मलाई यस्तो भयो नि आज । भन्दै नचिनेको मान्छेसँग सबै मनका कुरा बेलिबिस्तार लगाउन थालेँ । चुपचाप सुनिरह्यो । करिब चार मिनेटमा मैले मेरा मनका सबै कुरा सुनाइसकेपछि ऊ बोल्यो ।
ऊ– मलाई चिनेको छौँ ?
म– छैन
ऊ– तिमी धेरै आत्तिदै बोलिराको छौ एक छिन आराम गर म एक छिनमा फोन गर्छु ।
म– पर्दैन
मात्रै के भन्न भ्याएको थिए फोन काटियो ।
डर त्रास पटक्कै हटेको थिएन मन भने केही हल्का भयो । फोनमा कोसँग बोलेको हो अनुमान पनि लगाउन सकिन । उसले कुन स्वार्थ बोकेर मलाई त्यति राति फोन गरेको थियो त्यो पनि मैले सोच्न सकिन तर उसले एक बचन नबोली मेरो कुरा सुनिदिदा केही हल्का भएजस्तो भारी बिसाए जस्तो अनुभब भयो ।
लगभग पाँच छ मिनेटपछि पुन फोन आयो निन्द्रा पटक्कै लागेको थिएन मनको बह पोखेको मान्छे अनुमान लगाउनै नसक्दा पनि मैले त्यो फोन फेरी उठाएँ ।
म – हेल्लो
ऊ – ठिक भयो ?
म – अहँ, छैन
ऊ – आज के डे हो थाहा छ तिमीलाई ?
मैले झट्ट सम्झिए अघिल्लो दिन फेब्रेवरी ७ यान कि रोज डे थियो । पक्का पनि आज फेब्रेवरी ८ प्रपोज डे भएर १२ बज्ने बित्तिकै फोन गरेको हुनुपर्छ । मिडियामा काम गर्ने भएकाले यति चै थाहा थियो मलाई । अरू नै केही पो भन्न खोजेको होकि भन्ने लाग्यो र झट्ट मनमनै थाहा छैन भन्ने सोँचे ।
म – थाहा छैन ।
ऊ – आज प्रपोज डे हो नी
म – हो र
ऊ त्यतिकैमा रोकियो सायद मेरो अवस्था थाह पाएर हो कि !
ऊ – अनि तिम्रो फोन बीजी थियो त ?
म अफिसबाट ९ बजे निस्केपछि मेरो फोन बीजी थिएन सायद उसले मन चोर्न त्यसो भनेका होला ।
म – थियो ।
ऊ – ए ल राख्दिन्छु ल भोलि कुरा गरम्ला
म – ओ के बाई
यत्तिकैमा फोन काटियो । त्यसपछि त्यो नम्बरबाट कहिल्यै फोन आएन । ऊसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भेटघाट र चिनजान भयो या भएन मैले थाहा पाइन र चिनिन । के साेँचेर फाेन गरेकाे थियाे त्याे केटाे ? जे हाेस्, मेरो संघर्षका पाना पल्टाउँदा त्यो कुकुरले लखेटेको दिन र कुकुरले लखेट्दा मनमा भएको भारी बिसाएको मान्छे नचिने पनि याद हुने गरेको छ । आज नेपाल छोडेको पनि वर्ष बितिसक्यो पत्रकारिताबाट पनि टाढै छु ।