नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
पहिलो खेलमा नेपालको झिनो हार
काठमाडौं । घरेलु मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपाल पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको बुधवार भएको पहिलो खेलममा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो ।
कीर्तिपुस्थित टीयू मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।
नेपालले घरेलु मैदानमा यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ७ खेल खेलिसकेको छ । ओमान ५ जितका साथ ७ राष्ट्र सहभागित प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।