बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपालका पहिलाे टेलिभिजन समाचार वाचक शर्माको निधन
काठमाडाैँ । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । उहाँ मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहनुभएका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहनुभएको थियो । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उहाँ पहिलो प्रस्तोता रहनुभएको थियो ।
उहाँ टेलिभिजनका अगुवाका रुपमा चिनिनुहुन्थ्यो । उहाँ रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसक्नुभएको छ । इलामको फिक्कलमा जन्मिनुभएका शर्माको श्रीमती र दुई छोरा हुनुहुन्छ । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आउनुभएको थियो ।