काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2019/01/Nepali-Congress-fair-Nepal.jpg)
काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
काँग्रेसले मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित सो प्रस्ताव सदनमा आज दर्ता गराएको हो । प्रस्तावको प्रस्तावकमा सांसद डा डिला सङ्ग्रौला (पन्त) एवं समर्थकमा सांसदद्वय सञ्जयकुमार गौतम र रङ्गमति शाही रहनुभएको काँग्रेसको संसदीय दलको कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाँदा समस्या परेको युवालाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका समस्याको दीर्घकालीन समाधान खोज्नका लागि उक्त प्रस्ताव छलफल गर्नुपर्ने उहाँहरुको तर्क छ । यसैगरी रोजगारीका क्रममा बिरामी भएका युवाको उचित उपचार र आश्रित परिवारलाई आर्थिक सहयोग गर्न, मलेसिया सरकारसँग गरिएको सम्झौताअनुसार शून्यलागतमा नेपाली कामदारलाई मलेसिया पठाउन सरकारले नै मलेसियाली कम्पनीसँग सिधा संवाद्मार्फत रोजगारी सुनिश्चित गर्न छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।