बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रदेश नं ५ मा ४८ विधेयक पारित
बुटवल । हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ । प्रदेशसभा स्थापना दिवसका अवसरमा आज बुटवलमा प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो । प्रदेशसभाको पहिलो अधिवेशनले चार विधेयक पारित गरेको थियो । कूल १७ दिन चलेको सभामा २२ बैठक बसेको थियो । बैठकको अवधि कूल २० घण्टा २ मिनेट थियो । दोस्रोले ११ र तेस्रो अधिवेशनले सबैभन्दा बढी २३ विधेयक पारित ग¥यो ।
प्रदेशसभाको चौथो अधिवेशनले १० विधेयक पारित गरेको छ । जम्मा ३१ दिनमा कूल ४९ घण्टा ४१ मिनेट बैठक बसेको थियो । त्यस अवधिमा ३२ पटक बैठक बस्यो । पाचौँ अधिवेशनमा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भई सभामा पेश हुने क्रममा रहेको छ । अहिलेसम्म दुईपटक बैठक बसेको सभाको समयावधि ५३ मिनेट रहेको छ । “प्रदेशसभाको ‘विजनेश’ छ तर विधेयकको कमी छ”, प्रदेश नं ५ का प्रदेश सचिव दुर्लवकुमार पुनले भन्नुभयो ।
उहाँले प्रदेशसभाबाट निर्माण भएका कानूनको मूल्याङ्कन र निगरानी गर्ने समय आएको उल्लेख गर्दै विधेयकको कार्यान्वयन के भइरहेको छ अध्ययन गर्न आवश्यक भएको बताउनुभयो ।