नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पत्रकार खत्री र नेपालीद्वय सम्मानित
गुल्मी । बागलुङको बडिगाड गाँउपालिका वडा नं. ५ स्थित पौदीटारी आधारभूत विद्यालयले दुई क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । विद्यालयको ४५ औ बार्षिकउत्सवका अवसरमा गुल्मीका क्रियाशिल पत्रकार कौरव खत्री र दिपक नेपालीलाई विद्यालयले सम्मान गरेकाे हाे ।
पत्रकार खत्री र नेपालीले पत्रकारिता मार्फत शिक्षाको क्षेत्रमा योगदान पु¥याएको भन्दै विद्यालयले वार्षिकउत्सवका अवसरमा एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
पत्रकार खत्री विगत दश वर्षयता निरन्तर रुपमा रेडियो, छापा पत्रिका, टेलिभिजन र विभिन्न अनलाइनमा आवद्ध भएर पत्रकारिता गर्दै आएका छन् भने पत्रकार नेपाली पनि विगत पाँच वर्षयता निरन्तर रुपमा रेडियो र टेलिभिजनमा आवद्ध भएर पत्रकारिता गर्दै आएका छन् ।