What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

समाजसेवी श्रेष्ठद्वारा दलित परिवारलाई उपचार खर्च सहयोग
What To Know
- नुवाकोट । खर्च अभावमा उपचार गराउन नसकेका एक दलित परिवारलाई समाजसेवी शैलेश श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको छ ।.
- समाजसेवी श्रेष्ठले आफ्नो गाउँ टोलमा स्थानीयलाई परेको समस्या धेरै नसके पनि थोरै भएता पनि सहयोग गरेको बताउनुभयो । श्रेष्ठले समाजमा मिलिजुलि बस्नु पर्छ, सहयोगी भावना राख्नु पर्छ भन्ने सन्देश मात्र दिन चाहेको उहाँले बताउनु भयो ।.
नुवाकोट । खर्च अभावमा उपचार गराउन नसकेका एक दलित परिवारलाई समाजसेवी शैलेश श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको छ ।
जिल्लाको लिखुँ गाउँपालिका ४ स्थित चौघडाका कृष्णबहादुर सुनारको आर्थिक अभावमा भाँचिएको खुट्टाको उपचार हुन सकेको थिएन । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रदै गएपछि युवा व्यवसायी श्रेष्ठले उपचार खर्च सहयोग गरेको सुनारकी श्रीमतीले जानकारी दिनुभयो ।
“उपचार गर्ने खर्च नहुदाँ त्यत्तिकै घरमा अलिदो घाउँ लिएर बस्नु परेको थियो । तर छिमेकी भाईले उपचार गराउनुस् स्वास्थ्यमाथि हेलचक्रराई गर्न हुन्न भनी १५ हजार पैसा समेत हातमा राखि उपचार गर्न पठाउनु भयो ।” सुनारले भन्नुभयो, “अहिलेको जमानामा पनि गरिवका दुःख र पीडा हेर्न नसक्ने मानिस पनि हुदाँ रहेछन् भनेर दङ्ग पर्छु म” ।
बिरामी सुनारका अनुसार समाजसेवी शैलेस श्रेष्ठले यति मात्र हैन आफ्ना समाजमा पर्दा टोलमा कसैलाई खाने पानीको आवश्यक भए खाने पानी तथा पानी तान्ने मेसिन, हिल ट्याङ्की, स्कुलहरुमा शैक्षिक सामाग्रीहरु, कतै मन्दिर पाट्टी पौवा बनाउन सहयोग गर्दै आउनुभएको छ ।
समाजसेवी श्रेष्ठले आफ्नो गाउँ टोलमा स्थानीयलाई परेको समस्या धेरै नसके पनि थोरै भएता पनि सहयोग गरेको बताउनुभयो । श्रेष्ठले समाजमा मिलिजुलि बस्नु पर्छ, सहयोगी भावना राख्नु पर्छ भन्ने सन्देश मात्र दिन चाहेको उहाँले बताउनु भयो ।