What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपालमा पनि फेला पर्यो कोरोना भाइरसको संक्रमण
What To Know
- काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । करीब दुई साता अघि चीनको वुहान शहरबाट नेपाल आएका एक चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ ।.
- यसैबीच चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चीनले वुहान शहरमा आवातजावत र सार्वजनिक यातायात बन्द गरिसकेको छ । शुक्रबार भने हुवेइ प्रान्तको अधिकांश स्थलमा यात्रामा प्रतिबन्ध लगाएको छ ।.
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । करीब दुई साता अघि चीनको वुहान शहरबाट नेपाल आएका एक चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ ।
वुुहानबाट करीब दुई साता अघि एक विद्यार्थी नेपाल आउनुभएको थियो । उहाँलाई आफैं संक्रमणको आशंका लागेपछि शुक्रराज ट्रपिकल अस्पताल पुग्नुभएको थियो । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भन्नुभयो, “चार दिनसम्म निगरानीमा राखेर रगतको नमूना लिएर उहाँलाई घर पठाएका थियौं, एक सातापछि नमूनाको प्रतिवेदन आउँदा उहाँमा संक्रमणको पुष्टि भएको हो ।”
कोरोनाको संक्रमित ३१ वर्षीय चीनको वुहान शहरका उक्त ब्यक्तिको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङस्थित राष्ट्रिय प्रयोगशालाले रगत परीक्षणपछि उहाँमा संक्रमणको पुष्टि गरेको हो ।
स्वास्थ्य मन्त्रालयले भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको जनाएको छ । बिरामीको सम्पर्कमा आएको हुनसक्ने व्यक्तिहरुको खोजी, पहिचान र परीक्षणको कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चीनले वुहान शहरमा आवातजावत र सार्वजनिक यातायात बन्द गरिसकेको छ । शुक्रबार भने हुवेइ प्रान्तको अधिकांश स्थलमा यात्रामा प्रतिबन्ध लगाएको छ ।